अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

प्रधानन्यायाधीशले राजीनामा दिन धेरै समय लगाउनु हुँदैन – पूर्वमहान्यायाधिवक्ता श्रेष्ठ

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:२७ मा प्रकाशित

पूर्वमहान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले अब ढिलो नगरि दुई÷तीन घण्टाभित्रै राजीनामा दिनुपर्ने बताउनुभएको छ । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले आज सोमवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले स्वेच्छाले राजीनामा नदिए संविधानअनुसार चल्ने भन्दै महाभियोगको सङ्केत गर्नुभएको छ ।

उहाँले न्यायालयको आजको अवस्था बिग्रँदो अवस्थामा रहेको टिप्पणी गर्नुभयो । श्रेष्ठले अहिलेका प्रधानन्यायाधीशले पदको गरिमालाई कायम गर्न नसकेको पनि आरोप लगाउनुभयो । राष्ट्रपतिले गरिमा कायम गर्न नसकेको जस्तै अहिलेको प्रधानन्यायाधीशले पनि नसकेको उल्लेख गर्दै उहाँले न्यायालय सम्पादन गर्ने कुरामा पनि प्रधानन्यायाधीशले ठिक काम नगरेको टिप्पणी गर्नुभयो ।

हरिकृष्ण कार्कीको नेतृत्वको समितिले रिपोर्ट ल्याएपनि त्यसको कार्यान्वयन नगरी जुनियर न्यायाधीशलाई साथमा लिएर राणाले महत्त्वपूर्ण फैसला गर्ने काम गरेको श्रेष्ठको भनार्ई थियो । राजनीतिक दलकोजस्तो व्यक्ति प्रधानन्यायाधीशमा रहन नहुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू