अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने बारको निस्कर्ष

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:२६ मा प्रकाशित

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आज बसेको बारको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभयो । आज बसेको पदाधिकारी बैठकमा सबैजसो पदाधिकारीले प्रधानन्यायाधीशले निकास दिनुपर्ने धारणा राखेको उहाँले बताउनुभयो ।

बार महासचिव लिलामणी पौडेलले पनि बारभित्र एकमत हुने प्रयास जारी रहेको र बहुमत पदाधिकारीको राय राणाले निकास दिनुपर्ने रहेको बताउनुभयो । बारले भोलि सल्लाहकार समितिको बैठक पनि बोलाएको छ । बारको सल्लाहकार समिति बैठकमा पूर्वअध्यक्ष, उपत्यका बारका पदाधिकारी र नेपाल बारका पूर्वपदाधिकारी संलग्न हुने छन् । बारले कुनै समस्याको बारेमा निर्णय गर्न परेमा सल्लाहकार समितिको बैठक बोलाउने परम्परा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू