अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५२ | Colorodo: 20:07

समृद्धिको दिशामा अग्रसर हुन सञ्चारमन्त्री कार्कीको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:२६ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन आग्रह गर्नु भएको छ ।उहाँले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्षमा दक्षिण एसियामा नेपाल सम्पन्न मुलुक बन्ने दावी गर्नुभयो । मन्त्री कार्कीले हरेकले आफैंले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्नेमा जोड दिनुभयो ।

विज्ञापन दिवसको अवसरमा विज्ञापन बोर्डले गरेको कार्यक्रममा उहाँले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियानमा जुटन आग्रह गर्नुभयो । मन्त्री कार्कीले विज्ञापनसम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला निकायलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू