अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०८ | Colorodo: 20:23

बालबालिकालाई लगाइने फाइजरको खोप नेपाल आइपुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक ८ गते ७:२५ मा प्रकाशित

अमेरिकाले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजर एण्ड बायोएनटेकले विकास गरेको फाइजरको १ लाख ६ सयभन्दा बढी मात्रा खोप आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था शाखाका प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप कतार एयरवेजबाट नेपाल आइपुगेको हो ।

कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठनमार्फत् प्राप्त फाइजर खोप टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । अमेरिकाले उपलब्ध गराएको फाइजरको खोप १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई लगाउने सरकारको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू