अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

हमाललाई मन्त्री बनाउन दबाब नदिएको प्रधानन्यायाधीश जबराको स्पष्टोक्ती

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५६ मा प्रकाशित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको स्पष्ट पार्नुभएको छ । आज नेपाल बार एसोसिएसनको टोलीसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको हो । प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका पुराना नेता गजेन्द्र हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो ।

हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन दिन नपुग्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिएपछि अहिले उद्योग मन्त्रालय खाली छ । यसैबीच सर्वोच्च र यस मातहतका अदालतहरुमा भोलिदेखि नै गोलाप्रथामा सुनुवाइको पेशी तोकिने भएको छ ।

नेपाल बार एसोसियसनका केन्द्रीय पदाधिकारीहरुसँगको भएको भेटवार्तामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भोलिदेखि नै गोलाप्रथाबाट सुनुवाइको पेशी तोकिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू