अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३७ | Colorodo: 05:52

प्रिमियर लिग – चेल्सी र सिटीको फराकिलो जित

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:५३ मा प्रकाशित

इग्लीश प्रिमियर लिग फुटबलमा गएराति चेल्सी र म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेका छन् । चेल्सीले आफ्नै मैदानमा भएको खेलमा नरिच सिटीलाई ७– ० ले हरायो ।चेल्सीको लागि मेसन माउण्टले ह्याट्रिक गर्दा क्यालुम हड्सन ओडोइ, रिस जेम्स र बेन चिलवेलले एक एक गोल गरे । जितसँगै चेल्सीले प्रिमियर लिगको अंक तालिकामा आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । ९ खेलबाट चेल्सीको २२ अंक भएको छ ।

समान खेलबाट २० अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले गएराति ब्राइटनलाई ४–१ ले हरायो । उसका लागि फिल फोडेनले दुई गोल गर्दा इके गुन्डोगान र रियाद माहारेजले एक एक गोल गरे । गएराति वाट्फोर्डसँग ५–२ ले पराजित भएपछि एभर्टन भने दबाबमा आएको छ ।

प्रिमियर लिगका अन्य खेलहरुमा साउथह्याम्प्टन र बर्न्लेले २–२ गोलको बराबरी खेल्दा क्रिष्टल प्यालेस र न्युकासल युनाइटेड तथा लिड्स युनाइटेड र वुल्भरह्याम्प्टनले १–१ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिगमा आज बेलुकी सवा ९ बजे म्यान्चेस्टर युनाइटेड र लिभरपुल भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू