अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०२ | Colorodo: 15:17

सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:४६ मा प्रकाशित

लगातार ओरालो लागेको धितोपत्र बजार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । लामो समयपछि नेप्सेमा दोहोरो अङ्कको वृद्धि देखिएको छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २७.५१ अङ्कले बढेर दुई हजार ५८४.५२ मा पुगेको हो ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा देखिएको सुधारसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटि इन्डेक्ससमेत ७.२४ अङ्कले बढेर ४९०.६८ मा पुगेको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने सस्तोमा समेटिएको छ । नेप्सेका अनुसार कूल २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर रु दुई अर्ब ७७ करोड ३४ लाख २० हजार १३५ मूल्यमा खरिद–बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्य ओरालो लाग्यो भने १२ उपसमूहको शेयर उकालो लागेको छ । नेप्सेका अनुसार व्यापार उपसमूहको मात्रै शेयर मूल्य ओरालो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू