अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३३ | Colorodo: 23:48

पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ– प्रकाशमान सिंह

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:४६ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ । सरोज ग्रामीण सेवा केन्द्र कचनवन महोत्तरीको आयोजनामा शहीद सरोज कोइरालाको ४८औं पुण्यतिथिको कार्यक्रममा सहमागी हनुभएका नेता सिंहले आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टी नेतृत्व र पदाधिकारीले महाधिवेशन गर्न ढिलाइ गरिरहेको आरोप लगाउनुभयो ।

चार पटक मिति तोकेर पनि महाधिवेशन समयमा नभए पार्टीकै लागि भए पनि राम्रो नहुने उल्लेख गर्दै उहाँले नेतृत्वले क्रियाशील सदस्यतामा केही विवादै नगर्नुपर्ने तथा विधि र नियमअनुसार दिनुपर्नेमा नदिई समितिमाथि समिति गठन गर्दै आएको बताउनुभयो । नेता सिंहले आफू आसन्न १४औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने दाबी गर्दै मंसीर ९ गतेदेखि तोकिएको महाधिवेशन सोही मितिबाट प्रक्रिया शुरू गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू