अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५१ | Colorodo: 20:06

देशका विभिन्न ठाउँमा वर्षा, भोलि दिउँसोपछि मौसम खुल्दै जाने

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:४४ मा प्रकाशित

अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । विशेषगरी बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार पश्चिमी वायुको प्रभावले चट्याङ र हावाहुरीसहित पानी पारेको हो ।

यो प्रणालीको प्रभावले भोलि बिहानसम्म नै विभिन्न ठाउँमा पानी पर्ने उहाँको भनाइ छ । तर गत हप्ताजस्तो लगातार झरी वा ठूलो वर्षाको सम्भावना भने कतै पनि नरहेको मौसमविद् बासीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू