अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 18:22

सामाजिक विभेद रुचाउनेहरु माओवादी विरोधी – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:४२ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताउनुभएको छ ।पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती उत्पीडन र अत्याचारलाई पुनःस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको जिकिर गर्नुभयो ।

माओवादीले दलित, जनजाति, आदिवासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उहाँले दलित समुदाय आफुलाई अत्याचार गर्नेहरुको पछाडि लागेर हिँड्दा भने आफुलाई नमिठो लाग्ने टिप्पणी गर्नुभयो ।दाहालले माओवादी आन्दोलनपछि जातिय विभेदमा कमी आउनुका साथै अन्र्तजातिय विवाह गर्ने क्रम सुरु भए पनि अझै विभेद कायम रहेकोमा दुःख व्यक्त गर्नुभयो ।

उहाँले रोल्पा, रुकुममा अन्र्तजातिय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको बताउनुभयो । उहाँले कतिपयले जातिय विभेदको अन्त्य गर्न भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू