अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३८ | Colorodo: 12:53

बाढीपहिरो प्रभावितका लागि थप राहतको व्यवस्था गरिने– प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक ७ गते ७:४१ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउबाले बाढीपहिरो प्रभावितका लागि थप राहतको व्यवस्था गर्ने बताउनुभएको छ । इलाम र पाँचथरको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिकाको जलसिङ माविमा प्रधानमन्त्री देउवाले चाँडै मन्त्रिपरिषदको बैठक राखेर राहतसम्बन्धी निर्णय लिने बताउनुभएको हो ।

उहाँले बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई एकै ठाउँमा बसोबास गर्ने व्यवस्था मिलाउने वा नयाँ सहर बनाउने विषयमा समेत सोचिरहेको बताउनुभयो ।यसअघि गत बिहीवार प्रधानमन्त्री नेतृत्वको टोली सुदूरपश्चिमको बाढी प्रभावित क्षेत्रमा निरिक्षणका लागि गएको थियो ।

मनसुन सकिएपछि गत हप्ता वर्षापछि आएको बाढीपहिरोमा परेर देशभर ७७ जनाको मृत्यु भएको थियो भने २६ जना अझै हराइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू