अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३७ | Colorodo: 10:52

अरोरा तथा सेन्टिनियलवासी नेपाली भाषीको देउसी-भैलो कार्यक्रम

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते १२:३५ मा प्रकाशित

अरोरा तथा सेन्टिनियलवासी नेपाली भाषीहरूले नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ नोभेम्बर ३, २०२१ का दिन कपरलिफ कम्युनिटीको द अरबोरेटुम क्लब हाउसमा साँझ ६ बजे देखि १० बजे सम्म देउसी भैलो खेल्ने तथा तिहारको शुभकामना आदानप्रदान कार्यक्रमका लागी जगदीशचन्द्र ढकाल संयोजक रहेको सत्र सदस्यीय मूल समिति र अन्य कार्यक्रम समितिहरू गठन गरी २०७८ सालको दीपावली मनाउने तयारी गरेको छ ।

मूल समितिका सदस्यहरूमा योगराज गौतम, गङ्गा चौलागाईं, शैलेश पोखरेल, कृष्ण काफ्ले, डा. सङ्गीता श्रोत्रीय, अर्जुन केसी, अर्जुन कार्की, राज ढुङ्गाना, कुमारजंग कार्की, लीला कार्की, नवराज न्यौपाने, अर्जुन बगाले, उत्तरा बराल, दीपक सुनुवार, कपिलदेव सुबेदी, किरण अधिकारी तथा राजेन्द्र शर्मा हुनुहुन्छ भने सञ्चार तथा संवाद समितिमा संयोजक गङ्गा चौलागाईं र सदस्यहरूमा डा. सङ्गीता श्रोत्रीय, शैलेश पोखरेल, कुमारजंग कार्की, राजेन्द्र शर्मा रहनु भएको छ ।

भोजन व्यवस्थापन समितिको संयोजक नवराज न्यौपाने र सदस्यहरूमा कपिलदेव सुबेदी, योगराज गौतम, कृष्ण काफ्ले, लीला कार्की, उत्तरा बराल रहनुका साथै कार्यक्रम समितिको जिम्मेवारी संयोजक अर्जुन बगाले र सदस्यहरू किरण अधिकारी, अर्जुन केसी, अर्जुन कार्की, राज ढुङ्गाना, योगराज गौतम, निर्मल हरि श्रेष्ठले लिनु भएको छ ।

कार्यक्रम हुने ठेगाना
4895 S. Tibet St
Aurora, CO 80015

 

प्रतिक्रिया