अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध मूर्ती स्थापना गरिदै

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:२४ मा प्रकाशित

गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा साढे दुई अर्ब रुपैयाँ मूल्यको बुद्ध मूर्ती राखिने भएको छ । १८ सय किलोग्राम तौलको मुर्ती बहुमूल्य धातु ‘ह्वाइट जेड स्टोन’बाट बनेको छ । बुद्धको मूर्ति म्यान्मार स्थित खानी सम्बन्धी कम्पनी मालविन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेशनलाई दिएको हो । ६ महिना लगाएर भिक्षुहरुले कुदेको बुद्ध मूर्ती लुम्बिनी गार्डेन फाउण्डेशनले नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरेको हो ।

फाउण्डेसनले म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा ल्याएको हो । उक्त मूर्तीलाई आज भैरहवा बजार परिक्रमा पश्चात गौतमबुद्ध विमानस्थलमा ल्याएर राखिएको छ । एक हजार ८ सय किलोग्राम तौल, १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको बुद्ध मूर्तिको कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गर्ने कार्यक्रम रहेको छ । म्यान्मारबाट नेपाल ल्याउँदा लाग्ने ढुवानी खर्च भने फाउन्डेसनले व्यहोरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू