अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४७ | Colorodo: 23:02

इंग्लिस प्रिमियर लिग – आर्सनल विजयी

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१७ मा प्रकाशित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।आर्सनलका लागि २३ औं मिनेटमा थोमस पार्टी, पहिलो हाफको इन्जुरी समयको छैटौं मिनेटमा पियर एमरिक तथा ५६ औं मिनेटमा स्मिथ रोवले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ८२ औं मिनेटमा ज्याकोब राम्सीले एक गोल फर्काए । जितपछि ९ खेलबाट १४ अंकसहित आर्सनल नवौं स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औं स्थानमा छ ।

प्रतिक्रिया