अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१३ | Colorodo: 20:28

‘मदन भण्डारीको हत्याको प्रमाण लुकाउन केपी ओली र विद्या भण्डारी संलग्न छन्’– नेकपा एस उपमहासचिव खतिवडा

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१२ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर आरोप लगाउनुभएको छ ।झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको स्मरण गराउनुभयो ।

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै प्रस्तुत हुने केपी ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको बताउनुभयो ।

पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवत्ता समेत रहनुभएका नेता खतिवडाले नेकपा (एमाले)ले अहिले मदन भण्डारीको नाम मात्रै बेचिरहे पनि वास्तविक सम्मान दिन नसकेको आरोप लगाउनुभयो । नेता खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गरेको आरोप लगाउनुभयो । उहाँले एमालेमै बस्दा सच्चा कम्यूनिष्ट हुन नसक्ने ठहर गर्दै आफ्नो एकीकृत समाजवादीको यात्रा तय भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू