अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३४ | Colorodo: 04:49

‘अर्ली इलेक्सन’ असम्भव, संसदले ५ वर्षे कार्यकाल पूरा गर्छ– वरिष्ठ नेता पौडेल

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:११ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘अर्ली इलेक्सन’ सम्भव नभएको बताउनुभएको छ ।प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको समयावधि अगावै निर्वाचनबारे गठबन्धनमा छलफल भइरहेको बताएको भोलिपल्ट पौडेलले यस्तो बताउनुभएको हो ।

शनिबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दे वरिष्ठ नेता पौडेलले अहिले अर्ली इलेक्सनमा जाने कुरा विरोधाभास र असम्भव भएको बताउनुभयो । अदालतको आदेशमा संसद पुनर्स्थापना भएर सरकार बनेको र अझ समय नपुुग्दै संसद विघटन गरी चुनावमा जानु राम्रो नहुने उहाँको तर्क छ ।

संसदको पूर्णकालका लागि आफूहरू लडेकाले अर्ली इलेक्सनको कुरा सम्भव नभएको उहाँको जिकिर छ । संसदले ५ वर्षे कार्यकाल पूरा गर्ने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसको महाअधिवेशन तोकिएकै समयमा हुने र आफू त्यसकै पक्षमा रहेर पार्टी सभापतिलाई सचेत गराइरहेको बताउनुभयो । केही जिल्लाको क्रियाशील सदस्यता विवाद अझै नटुंगिएको स्मरण गराउँदै उहाँले चाँडो टुङ्ग्याएर प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

डडेल्धुरामा जिल्ला सभापतिले नै बहिस्कार गरेको अवस्थामा एकलौटी हिसाबले वडा र पालिकाको अधिवेशन गराएको बताउँदै उहाँले पार्टी सभापतिकै जिल्ला डडेल्धुरामा सदस्यता विवाद रहेकाले त्यहाँ पुनः अधिवेशन गराउनुपर्ने तर्क गर्नुभयो ।सुदूरपश्चिममा बाढी र पहिरोका कारण भएको धनजनको क्षति बुझ्न र पीडितलाई साथ दिन आफू सुदूरपश्चिम आएको नेता पौडेलले बताउनुभयो ।

प्रभावित क्षेत्रमा गएर पीडितलाई साथ दिने दावी गर्दै उहाँले सरकारलाई राहतका लागि पनि दवाव दिनुपर्ने बताउनुभयो । विमानस्थलबाट उहाँ शनिबार बिहानै कञ्चनपुरका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जानुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू