अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५४ | Colorodo: 15:09

वर्तमान सत्तारुढ गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी– एमाले अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:१० मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धन प्रतिक्रियावादी र प्रतिगामी भएको आरोप लगाउनुभएको छ । पार्टीको वडा कमिटीको आज थापाथली स्थित केन्द्रीय कार्यालयबाट भर्चुअल रूपमा उद्घाटन गर्ने क्रममा अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको आलोचना गर्नुभयो ।
आफू नेतृत्वको सरकार महान् उद्देयश्यका साथ अगाडि बढेको तर पाँच दलीय गठबन्धनले त्यसलाई हटाएको ओलीको आरोप थियो । मुलुकमा दिशाहीन, जनविरोधी सरकार गठन भएको पनि ओलीको आरोप थियो । मुलुकका सम्मानित निकायलाई विवादास्पद बनाउन खोजिएको र सिंगो प्रणाली माथी जनताको विश्वास कमजोर हुन जानेतर्फ उहाँले सचेत गराउनुभयो ।

सत्तारुढ गठबन्धनले मुलुकलाई अस्थिरतामा धकेल्ने काम गरेको र अग्रगमन हुन नदिएको उहाँको भनाइ छ । अनुशासन हिनता राज्य तहबाट नै भइरहेकाले मुलुकलाई सत्तारुढ गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको उहाँको भनाइ छ । यस्तै ओलीले माधवकुमार नेपालले आफ्नो समूह लिएर बाहिरिएपछि पार्टी एकढिक्का रहेको बताउनुभएको छ ।

उपाध्यक्ष भीम रावलले पार्टीभित्रको विवाद समाधानका लागि गरिएको असार २७ को १० बुँदे कार्यान्वयन नभएको भन्दै स्थायी कमिटीमा फरकमत लेखेको भोलिपल्ट नै अध्यक्ष ओलीले पार्टीभित्र विवाद बाँकी नरहेको दाबी गर्नुभएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू