अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४०
| Colorodo: 20:55
जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ ।नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ माग गर्दै प्रदर्शन गरेको हो ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनपुरका प्रमुख राजेश कुशहवालाई हिजो जनमत पार्टीका कार्यक्रताले कुटपिट गरेका थिए । जनकपुरमा खनिएको ढलको खाल्डो नपुरेर नागरिकलाई सास्ती दिएको भन्दै राउतका कार्यक्रताले प्रमुख कुशवाहालाई कुटपिट गरेका हुन् ।
कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै कर्मचारीले आन्दोलन गरेका हुन् ।