अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५२
| Colorodo: 10:07
पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ ।
आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ । जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि उनलाई थुनामा पठाएको थियो । त्यसपछि आलम थुनामुक्त गराउन मागसहित सर्वोच्च पुगेका हुन् ।