अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६
| Colorodo: 23:51
बंगलादेशको एक रोहिग्याँ क्याम्पमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको छ ।घटनामा दर्जनौं घाइते भएका छन् । घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
आधुनिक हतियारसहित प्रवेश गरेका ती व्यक्तिले क्याम्पमा समुहमा बसेका व्यक्तिमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा ४ जनाको घटनास्थलमा र ३ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटना लगत्तै उनीहरुमा भागदौड मच्चिएको थियो । गोली हान्ने व्यक्तिमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।