अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

प्रदेश १ का मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धि प्रस्ताब प्रदेशसभामा पेश

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५५ मा प्रकाशित

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको छ । उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गरे लगत्तै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल र मतविभाजन पर्सि आइतबार हुने जानकारी दिनुभयो ।

आज बसेको प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा आइतबार मात्र छलफल र मतदान गर्ने सहमति भएको थियो । नेकपा एमालेबाट मुख्यमन्त्री बन्नुभएका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाइसक्नु भएको छ । एमाले विभाजन भएसंगै प्रदेश नम्बर १ र बाग्मती प्रदेशमा एमालेले आफ्नो नतृत्वको सरकार गुमाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू