अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सर्वोच्च र स्थानीयको अवरोधले तीव्र गतिमा काम गर्न पाइएन – कुलमान घिसिङ

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५५ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सर्वोच्च अदालतको आदेश र स्थानीयको अवरोधले गर्दा प्राधिकरणले तीव्र गतिमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको शुक्रबार भएको १२औँ महाधिवेशन उद्घाटन समारोहमा उनले विद्युत खपत बढाउन प्रशारणलाइनको सुदृढीकरणको काममा सर्वोच्च र स्थानीयबाट अवरोध भइरहेको बताउनुभयो ।

उहाँले देशमा १५ हजार मेगावाटको मागसम्म धान्न सक्ने गरी प्रशारणलाइन बनाउनेतर्फ प्राधिकरण अघि बढिरहेको जानकारी समेत दिनुभयो । विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होलगायत विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने गरी प्राधिकरणले काम गरिरहेको उहाको भनाई थियो ।

प्रवन्ध निर्देशक घिसिङले प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरु अघि बढाइरहेको समेत बताउनुभयो । प्राधिकरणले ठूला आयोजना सुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनासँगै ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स विद्युत प्राधिकरणले पाउने उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू