अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 07:04

बेमौसमी वर्षाको कारण करोडौं रकम बराबरको कृषि उत्पादनको क्षति

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५३ मा प्रकाशित

बेमौसमी वर्षाको कारण करोडौं रकम बराबरको कृषि उत्पादनको क्षति भएको छ । कृषि तथा पशुपक्षिं विकास मन्त्रालयका अनुसार तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक अनुमानित विवरण अनुसार ती प्रदेशहरुमा ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको झण्डै २ लाख ५८ हजार ९२ मेट्रिकटन धान बर्षातका कारण क्षति भएको अनुमान गरिएको छ ।

एक लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पुर्याएको मन्त्रालयले जनाएको छ । अनुमानित विवरण अनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ । प्रदेशका बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देही धेरै प्रभावित हुने जिल्लाहरु हुन् । प्रदेशभरमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ ।

प्रदेशभर ४ अर्ब ५१ करोड रुपैयाँ भन्दा धेरै मूल्यको एक लाख ६१ हजार २२३ मेट्रिकटन धानमा वर्षाले क्षति पु¥याएको छ । सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लाका किसानले लगाएको धानमा वर्षातले धेरै असर पुर्याएकोे मन्त्रालयको प्रारम्भिक विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू