अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

एमाले अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा असहमत, कार्यदल संयोजकबाट भीम रावलको राजीनामा

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५२ मा प्रकाशित

एमालेको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अनिच्छा देखाएपछि १० बुँदे सहमति कार्यान्वयन सम्बन्धी कार्यदलको संयोजकबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिनुभएको छ ।

शुक्रबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले आफ्नो पाँच पृष्ठ लामो फरक मत प्रस्तुत गर्दै कार्यदल संयोजकमा नरहने जानकारी दिनुभयो । ’अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने गरी प्रस्तुत भएपछि स्थायी कमिटी बैठकमा कार्यदल संयोजकबाट राजीनामा दिएको हुँ,’ रावलले भन्नुभयोे, ’औपचारिक रुपमा भोलि अध्यक्ष राजीनामा पत्र बुझाउनेछु ।’

रावलले पेस गरेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले पनि समर्थन जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू