अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

बाढी, पहिरोमा परि अहिलेसम्म १ सय ११ जनाको ज्यान गयो, ३७ जना बेपत्ता

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५१ मा प्रकाशित

देशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबानमा परि ज्यान गुमाउनेको सङ्ख्या १ सय ११ पुगेको छ । आज साँझसम्म बाढी, पहिरो र डुबानमा परि एक सय ११ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । बाढी, पहिरोमा परि प्रदेश १ मा ६५ जना, सुदूरपश्चिममा ३२ जना, कर्णालीमा सात जना, लुम्बिनीमा चार जना, गण्डकीमा दुई जना र वाग्मतीमा एक जनाको ज्यान गएको हो ।

यस्तै बाढी, पहिरोमा परी ३७ जना बेपत्ता छन् । सुदूरपश्चिममा २३ जना, प्रदेश १ मा ११ जना र प्रदेश २, लुम्बिनी, कर्णालीमा एक/एक जना बेपत्ता रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रदेश १ मा २१ जना, सुदूरपश्चिम प्रदेशमा १७ जना र कर्णाली प्रदेशमा चार जना गरी ४२ जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको छ ।

बाढीका कारण दुई हजार दुई सय ३२ वटा घर डुबानमा परेका छन् । गएको शनिवार रातिदेखिको वर्षाका कारण एक हजार एक सय ८८ घर परिवार विस्थापित भएका प्रहरीको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू