अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४४ | Colorodo: 07:59

एमसिसी पास हुन्छ – प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ कार्तिक ५ गते ७:५० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसिसी पारित गरिने बताउनुभएको छ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने दावी गर्नुभयो ।एमसिसी ऋण नभई ठूलो अनुदान रहेको उल्लेख गर्दै उहाँले एमसिसीबारे झुठा प्रचार भइरहेको पनि बताउनुभयो ।

एमसिसी नेपालको कानुनभन्दा माथि नरहेको पनि प्रधानमन्त्री देउवाको भनाई थियो । नेपालकै कानुनअनुसार नै एमसिसी अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । ’अर्ली इलेक्सन’ बारे सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार रहेकोले गठबन्धनमा छलफलपछि मात्रै निर्णयमा पुग्न सकिने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीको १४ औं महाधिवेशन प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो । महाधिवेशन सर्नेबारे सोधिएको प्रश्नमा देउवाले यसबारे आफूलाई भन्दा निर्वाचन समितिलाई थाहा हुने जवाफ दिनुभयो ।

प्रधानमन्त्री देउवाले बाढीपहिरो र डुबानपीडितलाई तत्काल उद्धार गरिने र राहत दिइने आश्वासनसमेत दिनुभएको छ । तत्कालीन र दीर्घकालीन राहत प्याकेज ल्याइने प्रधानमन्त्री देउवाको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू