अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

चीनमा कोरोना खोपको तेस्रो डोज लगाउन शुरु

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:२७ मा प्रकाशित

चीनमा ६ महिनाअघि कोरोना भाइरसविरूद्ध दुबै डोज खोप लगाएकाहरूलाई बुस्टर डोज अर्थात तेस्रो डोज दिन शुरु गरिएको छ । झण्डै ८० प्रतिशत जनसंख्यालाई दुवै डोज खोप लगाइसकेको चीनले खोप लगाएकाहरुमा प्रतिरक्षा क्षमता घट्दै गएकाले बुस्टर डोज लगाउन थालेको हो ।

बुस्टर डोजका लागि चीनका विभिन्न प्रान्तहरूमा फरक–फरक मापदण्ड तय गरिएको छ । कुनै प्रान्तमा दोस्रो डोज लगाईसकेका सवैलाई बुस्टर डोज दिइएको छ भने कुनै प्रान्तमा ६० वर्षमूनि र संवेदनशील समूहका व्यक्तिहरूलाई मात्र बुस्टर डोज दिन थालिएको छ ।

चीनले आफ्नो देशमा बनेको खोप मात्र लगाउँदै आएको छ । चीनले आफ्ना नागरिकलाई बुस्टर डोज लगाउन थालेकाले चिनियाँ खोप लगाएका अन्य देशका नागरिकका लागि पनि बुस्टर डोज आवश्यक देखिएको छ ।चीनले अहिलेसम्म १ अर्ब ३० करोड डोज भ्याक्सिन विभिन्न मुलुकलाई बेचेको छ भने ८ करोड १० लाख डोज अनुदानमा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू