अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

प्रधानसेनापति शर्मा र युरोपेली संघकी राजदूतबीच भेटवार्ता

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:२२ मा प्रकाशित

प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ (ईयू) की राजदूत नोना डेप्रेजबीच बिहीबार भेटवार्ता भएको छ । उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको सेनाले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू