अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३७ | Colorodo: 06:52

नेपालमा एक करोड ५० लाख बढीले लगाए कोरोना विरूद्धको खोप

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:१९ मा प्रकाशित

नेपालमा एक करोड ५० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि बुधबारसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

स्वास्थ्या तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कात्तिक ३ गतेसम्म एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । प्रक्षपित कुल जनसङ्ख्या तीन करोड तीन लाख ७८ हजार ५५ मध्ये २८.२ प्रतिशतले पहिलो मात्रा र २१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै १८ वर्ष वा सोभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनसङ्ख्यामध्ये ४३.० प्रतिशतले पहिलो मात्रा र ३२.६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन् । यसैगरी १५ वर्ष वा सोभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनसङ्ख्यामध्ये ३९.४ प्रतिशतले पहिलो मात्रा र २९.८ प्रतिशतले पूर्ण मात्रा लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू