अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

सुनको मूल्यमा वृद्धि

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०८ मा प्रकाशित

सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ तोकिएको छ ।बुधबारको तुलनामा तीन सय रुपैयाँले वृद्धि भएको हो ।

बिहीबार तेजावी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२ सय ६० रुपैयाँका कारोबार भइरहेको छ । बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो ।

 

प्रतिक्रिया