अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३६ | Colorodo: 15:51

शेयर बजारमा पुनः करेक्सन, अधिकांश समूह राताम्मे, कारोबार साढें २ अर्ब

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०७ मा प्रकाशित

साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः करेक्सन आयो ।निरन्तरजसो ओरालो लाग्दै आएको बजारमा राष्ट्र बैंकको ब्याज दर सम्बन्धी कदमसंगै हिजो उच्च अंकको बृद्धि आएकोमा बिहीबार पुनः सामान्य गिरावट आएको हो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २५ सय ५६ कायम भएर थामियो । सुरुवाती समयमा आज पनि नेप्से उकालो लागेर २५ सय ८४ को उचाई चुमेर ओरालो लागेको हो ।कारोबार यस दिन पनि साढें २ अर्ब हाराहारीमै सीमित रह्यो । अन्य र सामुहिक लगानी कोष बाहेक अरु सबै समूह रातो रहे ।

जीवन बीमा र उत्पादनमूलक समूह दुबै सय अंक बढीले झर्दा अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय १६ कम्पनीको ६१ लाख कित्ता शेयर २ अर्ब ६४ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू