अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५२ | Colorodo: 13:07

विश्वासको मतसम्बन्धी छलफलपछि बागमती प्रदेशको प्रदेशसभा स्थगित, मतदान कात्तिक १० गते

बिआरटीनेपाल २०७८ कार्तिक ४ गते ८:०५ मा प्रकाशित

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मत लिने प्रस्तावमथि छलफल गरेर बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । बिहीबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सांसदहरूले आ–आफ्ना धारणा राखेका थिए ।

मुख्यमन्त्री शाक्यले आफूलाई सहयोग गर्दै विश्वासको मत दिन आग्रह गरे पनि अन्य दलका नेताहरूले मुख्यमन्त्रीको प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । अब सोही दिन मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू