अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४९ | Colorodo: 04:04

जी–२० शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति पुटिन रोम नजाने

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३८ मा प्रकाशित

विश्वका प्रमुख प्रभावशाली देशहरुको शिखर सम्मेलन जी –२० का लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रोम नजाने हुनुभएको छ ।उहाँले सम्मेलनमा उपस्थित नहुने निर्णय गरेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले जानकारी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपति पुटिनको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । तर राष्ट्रपति पुटिनले भर्चुअल रुपमा सम्मेलनमा सहभागिता जनाउने समाचार संस्था एएनआईले जनाएको छ ।

बहुचर्चित जी–२० को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ । सम्मेलनमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुँदैछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू