अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरू एकै स्थानमा आयोजना हुने

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३७ मा प्रकाशित

चीनमा सन् २०२३ मा आयोजना एएफसी एसियन कपको छनोटको अन्तिम चरणको खेलहरू एकै स्थानमा आयोजना हुने भएको छ । एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले छनोट अन्तर्गतको अन्तिम चरणको खेलहरू ‘होम एण्ड अवे’ को आधारमा नहुने जनाएको छ । एएफसीले अन्तिम चरणको खेलहरू सिङ्गल राउण्ड रोबिनको आधारमा केन्द्रीकृत मैदानमा खेलाइने जनाएको छ ।

कोरोना भाइरस महामारीका कारण उत्पन्न चुनौतीहरूलाई ध्यानमा राखी सम्बन्धित सबै सरोकारवालाहरूको सुरक्षालाई प्राथमिकता दिएर एएफसी कार्यकारी समितिले यस्तो निर्णय गरेको हो । छनोटको अन्तिम चरणको खेल सन् २०२२ को जून ८, ११ र १४ तारिखमा गरिने तथा खेल आयोजनाका लागि सहभागी सदस्यहरूलाई सो खेलहरू आयोजना गर्नका लागि प्रस्ताव पेश गर्न प्रक्रिया अघि बढाइने एएफसीले जनाएको छ ।

एएफसीका अनुसार प्रतिस्पर्धाको नियममा आधारित रहेर आवश्यक परे नयाँ खेल तालिका परिवर्तन गर्न सकिनेछ । यसै महिनाको सुरुवातमा भएको छनोट प्ले–अफमार्फत इन्डोनेसिया र कम्बोडियाले एसिया कपको लागि आफ्नो स्थान सुरक्षित गरिसकेको छ ।

प्रतिक्रिया