अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०९ | Colorodo: 14:24

एमाले स्थायी कमिटीको बैठक भोलिका लागि आह्वान

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:३५ मा प्रकाशित

नेकपा एमालेको स्थायी कमिटीको बैठक भोलिका लागि आह्वान गरिएको छ । बैठक भोलि दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा विधान महाधिवेशनको समीक्षा, वडा, पालिका अधिवेशनलगायत विषयमा छलफल हुने उहाँले बताउनुभयो । यस्तै बैठकमा राष्ट्रिय महाधिवेशन र हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षति सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

एमालेको यही कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू