अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

च्याम्पियन्स लिग – लिभरपुल र सिटी विजयी, पिएसजीको जितमा मेस्सीको दुई गोल

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२८ मा प्रकाशित

युएफा च्याम्पियन्स लिग फुटबलमा गएराति शिर्ष क्लबहरु लिभरपुल, म्यान्चेस्टर सिटी, पेरिस सेन्ट जर्मेन (पिएसजी), रियाल मड्रिड, इन्टर मिलान र आयाक्स विजयी भएका छन् ।इंग्लीश क्लब लिभरपुलले स्पेनको एथ्लेटिको मड्रिडलाई उसैको मैदानमा ३–२ ले हरायो । यही समूहको अर्को खेलमा पोर्चुगलको एफसी पोर्टोले इटालीको एसी मिलानलाई १–० ले हरायो ।

समूह ‘ए’ का खेलहरुमा फ्रान्सको पिएसजीले जर्मनीको आरबी लेग्जीगलाई ३–२ ले हराउँदा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजमाथि ५–१ को फराकिलो जित निकाल्यो ।यसैगरी समूह ‘सी’ का खेलहरुमा नेदरल्याण्ड्सको आयाक्सले जर्मनीको बोरुसिया डर्टमण्डलाई ४–० ले पाखा लगाउँदा पोर्चुगलको स्पोर्टीङले टर्कीको बेसिक्तासलाई ४–१ ले पराजित गर्योे ।

यसैगरी समूह ‘डी’ का खेलहरुमा स्पेनको रियाल मड्रिडले युक्रेनको शख्तर डोनेत्स्कलाई ५–० ले पराजित गर्दा इटालीको इन्टर मिलानले मल्दोभाको शेरिफ तिरास्पोललाई ३–१ ले पराजित गर्योे । च्याम्पियन्स लिग फुटबलमा बाँकी ४ वटा समूहका खेलहरु आज राती हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू