अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट, १४ सैनिकसहित २४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२८ मा प्रकाशित

सिरियामा श्रृंखलावद्ध बम बिस्फोट हुँदा १४ सैनिकसहित २४ जनाको मृत्यु भएको छ ।सिरियाको दमसकसमा सेनाको गाडीलाई लक्षित गरि राखिएको बम बिस्फोट हुँदा १४ सैनिक मारिएका हुन् ।केही समयको फरक गरी भएको अर्को बिस्फोटमा भने १० जना सर्वसाधारण मारिएका छन् ।

दमस्कसको उत्तर पश्चिम क्षेत्रको एक ब्यस्त बजारमा भएको बिस्फोटमा मारिनेमा केही बालबालिका समेत रहेका छन् ।जिहादी समुहको पकड रहेको क्षेत्रमा भएको बिस्फोटका कारण दर्जनौ सवारीसाधनमा क्षति पुगेको छ ।

सिरियाका सन् २०१७ पछी भएको यो नै दोश्रो ठुलो बिस्फोट भएको हो । सन् २०१७ मा भएको आत्मघाती बिस्फोटमा ३१ जना मारिएका थिए । बिस्फोटको जिम्मा कसैले लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू