अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

बाढीले भारतको उत्तराखण्डमा कम्तीमा ४६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२४ मा प्रकाशित

भारतको उत्तराखण्डमा भीषण वर्षासँगै आएको भल–बाढीका कारण कम्तीमा ४६ जनाको ज्यान गएको छ। सोमबार र मंगलबार उत्तराखण्डमा कम्तीमा ४६ जनाको ज्यान जानुका साथै केही मानिस बेपत्ता भएका छन्।उद्धार तथा राहत अभियानका लागि १६ समूहमा खटिएकाहरुले ३०० जनाको उद्धार गरेका छन्। तस्बिर तथा भिडियोहरुमा बाटोमा बाढी, घरहरु डुबान तथा पुलहरु भत्किएको देखिएको छ।

विज्ञहरुले हिमाली राज्य उत्तराखण्डमा जलवायु परिवर्तनसँगै अव्यवस्थित विकास प्रयासको प्रभाव देखिएको बताएका छन्। पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण भारतको दक्षिणी राज्य केरलामा पनि कम्तीमा २६ जनाको ज्यान गएको थियो। दुवै राज्यमा अहिलेसम्मकै भारी वर्षा भएको छ।

भारतको मौसम विभागका अनुसार केरलामा यो समयमा औसतमा १९२.७ मिलिमिटर पानी पर्ने गरेकोमा ४५३.५ मिलिमिटर वर्षा भएको छ। उत्तराखण्डमा सामान्यतया अक्टोबरमा ३०.५ मिलिमिटर पानी पर्ने गरेको थियो तर पछिल्लो २४ घण्टामा १२२.४ मिलिमिटर पानी परेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू