अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

नेपालमा थप ६ सय ६२ जनामा कोभिड संक्रमण, १३ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२१ मा प्रकाशित

नेपालमा थप ६ सय ६२ जनामा कोभिड–१९ संक्रमित थपिएका छन् । ८ हजार ४ सय २६ जनाको परीक्षणमा ६ सय ६२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ५८ जना डिस्चार्ज भएका छन् ।

कोभिडबाट सोही समयमा १३ जनाको मृत्यु भएको छ । योसँगै देशभर ११ हजार ३ सय १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभर ११ हजार ५ सय ७९ सक्रिय संक्रमित छन् । ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेका छन् ।

मुगु र मुस्ताङमा अहिलेको अवस्थामा शून्य संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताउनुभयो । देशभर २१ प्रतिशतले पूर्ण खोप लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू