अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०७ | Colorodo: 17:22

कमला न्यौपानेको जङ्गलको यात्रा

डमरूबल्लभ भट्टराई (डी. बी. ) २०७८ कार्तिक ३ गते ७:३१ मा प्रकाशित

निकै चर्चापछि मात्र कवयित्री कमला न्यौपानेको जङ्गलको यात्रा फेला परेछ । केही प्रतिक्रिया दिन खोजेको त आफै पो जङ्गलभित्र कतै हराएछु ।कविताको मर्म छुन कहाँ सहज हुँदो रहेछ र । कमलको फुल पढ्दा नै भावविभोर भएछु क्यार ।

कहाँ जन्मदिने आमाको मर्म,कहाँ वृध्दकालसम्मको यथार्थता । सायद यसभित्रका श्रृड्खलाहरुनै जोडिएका छन् । पूर्णता दिन खोजिएका छन् । लान्छ- त्यहाँभित्र के छैनन्, जीवनका विविधताहरुनै त यत्रतत्र छन् । त्यहाँ छन् सपनाहरू, सुख-दुखहरू, प्रेम माया ममताहरू, सङ्घर्षहरू, कर्तव्यहरू, साथी-भाइ यथा सगि-सम्वन्धीहरु । यसैभित्र त पर्छन्, देश-विदेशका भोगाइहरू । नयाँ-नयाँ परिवेश, जीवनका नयाँ-नयाँ पानाहरू, यस्तै-यस्तै गरी यात्राको अन्त्य पनि । असीमित इच्छा पालेका हामी पात्रहरू । जीवन-यात्राको प्रतीकको रुपमानै उभिएझैँ लाग्छ,जङ्गलको यात्रा । कति ठाउँमा कविताको गहिराई छुन घोत्लिनुपर्ने अवस्था पनि आउला । हरेकले केही न केही सन्देश वोकेकाछन् । भाषा सरल छ । यस्ता कृतिहरू आइरहुन् यही शुभेच्छा छ ।

प्रतिक्रिया