अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

बाढी–पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न मानव अधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२० मा प्रकाशित

मानव अधिकार आयोगले अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावितहरुको खोज, उद्धार, उपचार, मनोसामाजिक परार्श र पुनर्स्थापनामा तीव्रता दिन आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै बाढी पहिरो प्रभावितहरूको खोज, उद्धार, उपचार तथा मनोसामाजिक परार्शमा तीव्रता दिन आग्रह गरेको हो ।

साथै मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्डहरूले निर्दिष्ट गरे अनुरुप व्यक्तिको जीऊ धनको सुरक्षा, आधारभूत आवश्यकताको परिपूर्ति लगायत विपद्को अवस्थामा आवश्यक अन्य मानव अधिकारको सुनिश्चिता गर्ने कार्यमा सङ्घ, प्रदेश तथा स्थानीय तह लगायत अन्य सरोकारवालासँग समन्वय र सहकार्य गर्न सबै पक्षलाई आयोगले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू