अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

बाढीका कारण कृषि क्षेत्रमा भएको क्षतिमा राहत दिन विभिन्न दलको माग

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:२० मा प्रकाशित

लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परि कृषि क्षेत्रमा भएको क्षतिलाई राहत दिन विभिन्न दलले सरकारसँग माग गरेको छ । नेकपा (माओवादी केन्द्र) ले लगातारको वर्षाका कारण आएको बाढी–पहिरोबाट मारमा परेका किसानलाई सहायता कोष खडा गरेर राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक विज्ञप्ति जारी गर्दै बाढी–पहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन विशेष अनुरोध गर्नुभएको छ । धानबाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको उहाँले उल्लेख गर्नुभएको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले अविरल वर्षाका कारण धान बालीमा क्षति पुगेको किसानलाई राहत दिन सरकारसँग माग गरेको छ । प्रवक्ता जगनाथ खतिवडाले बक्तव्य जारी गर्दै धानबाली क्षति पुगेका किसानलाई राहत दिन माग गर्नुभएको हो । एकीकृत समाजवादीले अविरल वर्षाका कारण संकटमा परेकाहरुको उद्धारमा परिचालित हुन कार्यकर्तालाई निर्देशन दिएको छ ।

त्यसैगरी, नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले वर्षा, बाढी र डुवानबाट धानबाली क्षति भएका किसानलाई राहत दिन सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू