अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

पाँचथर बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुग्यो, मिक्लाजोङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक ३ गते ७:१८ मा प्रकाशित

पाँचथरमा बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । मंगलबार रातिदेखि बुधबार बिहानसम्म मिक्लाजोङ गाउँपालिकामा मात्रै बाढीपहिरो र खोलाले बगााउँदा २१ जनाको ज्यान गएको छ । पहिरोमा ३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मिक्लाजुङ कुरुम्बामा ५ मा मात्रै १५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन् ।

खोलाले बगााउँदा सोही गाउँपालिकाको वडा नं १ र २ का ४ जनाको ज्यान गएको छ भने वडा नं ४ रबिमा खोलाले नै बगााउँदा १ जना बेपत्ता भएका छन् । यसैगरी वडा नं ७ लिम्मामा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मंगलबार राति पहिरोमा पर्दा फिदिम–४ नगरपालिका ४ मा २ जना, फाल्गुनन्द गाउँपालिकामा ३ जना र कुम्माय गाउँपालिमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्लामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले बताउनुभयो । बाढीपहिरोका कारण टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएकाले पनि क्षतिको विवरण संकलन हुन नसकेको उहाँको भनाइ छ । बाढीपहिरोले दर्जनौं घरपरिवगार विस्थापित भएका छन् ।

पहिरोका कारण मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङ तथा पुष्पलाल मध्य पहाडी लोकमार्गको पाँचथर खण्डका दर्जनभन्दा धेरै स्थानमा पहिरो गएको छ । शाखा सडकहरु फिदिम फालौट, जोरपोखरी फिदिम र राँके रवि खण्ड पनि पहिरोले अवरुद्ध भएका छन् । पहिरो पन्छाउन ठाउँ ठाउँमा जेसीभी खटाइए पनि खुलाउन समय लाग्ने बताइएको छ । वर्षात्सँगै विद्युत्, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध बनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू