अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

खराव मौषमका कारण दर्जनौं उडान प्रभावित

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:४५ मा प्रकाशित

सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । आधादर्जन बढी उडान रद्ध भई सकेको छ भने १५ बढी उडान डिले भएको त्रिभुवन अन्तरााष्ट्रय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

मौसममा केही सुधार आएकाले काठमाडौंबाट हुने केही उडान सुचारु भएका छन् । विमानस्थलको तथ्याङक अनुसार विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज खराव मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौंनै फर्किएको थियो । काठमाडौंबाट लुक्ला जाने र लुक्लाबाट काठमाडौं आउने सबै उडान डिले भएको छ भने मनाङमा समेत कुनै उडान हुन सकेको छैन । काठमाडौंबाट जनकपुर उड्ने यती एअर उडान डिले भएको छ ।

काठमाडौंबाट भद्रपुर र काठमाडौंबाट धनगडी जाने सौर्य एअरको उडान रद्ध भएको छ भने काठमाडौंबाट फाप्लुका लागि उड्ने समिट एयरको उडान रद्द भएको छ । देशैभर खराव मौसमका कारण उडानहरु प्रभावित बनेको विमानस्थलले जनाएको छ । तर, काठमाडौंमा भने सामान्य अर्थात पाँच किलोमिटर भिजिवलिटी भएको जनाएको छ । काठमाडौं बाहिरका विमानस्थल आसपास मात्र नभएर उडान हुने रुटका कारणले पनि भिएफआर र आइएफआरमा उडान गर्ने दुवै प्रकारका उडान प्रभावित बन्ने गरेको शेर्पाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू