अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०० | Colorodo: 05:15

नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप उपलब्ध गराउने चीनको प्रतिवद्दता

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:४५ मा प्रकाशित

चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप उपलब्ध गराउने भएको छ । मंगलवार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन कुराकानीमा विदेशमन्त्री यीले थप कोरोना खोप अनुदानमा दिने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

विदेशमन्त्री यीले थप २० लाख डोज खोप दिने प्रतिवद्धता जनाएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ।

झण्डै एक घन्टा चलेको टेलिफोनमा कुराकानीमा द्विपक्षीय हितबारे समेत कुराकानी भएको थियो। साथै सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्कलगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू