अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५७ | Colorodo: 21:12

पहिरोले घर भत्किँदा डोटीमा दुई जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३५ मा प्रकाशित

तीन दिनदेखिको वर्षाका कारण डोटीको सायल गाउँपालिका ६ मेल्लेखमा पहिरोले घर भत्किँदा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रवीन्द्र चन्दका अनुसार पहिरोले हिजो सोमवार राति वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा वीरबहादुरका छोराहरू १४ वर्षीय सागर र ११ वर्षीय आशिष रहेका छन् ।

डोटीमा वर्षाका कारण विभिन्न ठाउँमा क्षति भएको भए पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्राप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिनुभयो । अहिले यहाँ एनसेलको सिमले मात्र काम गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू