अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०४ | Colorodo: 16:19

बडादसैँको अन्तिम दिन आज टीका जमरा लगाउने क्रम जारी

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३२ मा प्रकाशित

बडादसैँको अन्तिम दिन, आज पनि मान्यजनको हातबाट टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमीअर्थात विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने भोलिदेखि सुरु हुने समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू