अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२५ | Colorodo: 19:40

भिटामिन ’ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३१ मा प्रकाशित

सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने मिति परिवर्तन गरेको छ । हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाइँदै आएकोमा यो वर्ष दशैँ अवधिभित्र पर्न गएकाले कात्तिक ७ र ८ गते खुवाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कात्तिक ७ र ८ गते पाँच वर्षमुनिका बालबालिकालाई नजिकैको केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू