अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रियामा लैजान शिक्षामन्त्रीको निर्देशन

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:३० मा प्रकाशित

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, सहसचिव, शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक र शिक्षकसेवा आयोगका पदाधिकारीहरूसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा शिक्षामन्त्री पौडेलले आयोग नियमावली संशोधन प्रक्रियामा लैजान निर्देशन दिनुभएको हो ।

आयोगमा पदाधिकारी नियुक्त भएसँगै वार्षिक कार्यतालिका बनाए पनि नियमावली संशोधन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ। त्यसैले नियमावली संशोधन गर्न मन्त्रीले चासो देखाउनुभएको हो ।शिक्षामन्त्री पौडेलले आयोगको गतिविधि अघि बढाउन नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढाउन भनेकाले अब शिक्षक नियुक्ति प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।

नियमावली संशोधन नहुँदा शिक्षक छनोटका लागि खुला विज्ञापन, आन्तरिक बढुवा र शिक्षण अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षा लगायतका काम रोकिएका छन् । आयोगले यसअघि नै शिक्षक सेवा नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । प्राविधिक कारण देखाउँदै नियमावली संशोधनको प्रक्रिया रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू