अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

प्रिमियर लिग– आर्सनलको क्रिष्टल प्यालेससँग संघर्षपूर्ण बराबरी

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२५ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेलेको छ । आर्सनलको मैदानमा गएराति भएको खेलमा इन्जुरी सयमको अन्तिम मिनेटमा अलेक्जेण्डर लाकाजेट्ले एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

खेलको सुरुमै औबामायङ्गले गोल गर्दै आर्सनललाई अग्रता दिए । दोस्रो हाफमा क्रिश्चियन बेन्टेके र ओड्सोने इडुवार्डले एक एक गोल गर्दै प्यालेसलाई २–१ को अग्रतामा पुर्याए । हारको संघारमा पुगेको आर्सनलका लाकाजेट्ले टोलीको उद्दार गरेका हुन् ।

यो बराबरीसँगै ८ खेलबाट ११ अंक जोडेको आर्सनल तालिकाको १२ औं स्थानमा रहेको छ । १४ औ स्थानको क्रिष्टल प्यालेसको ८ अंक छ । लिगमा १९ अंकसहित चेल्सी शिर्ष स्थानमा रहँदा १८ अंक जोडेको लिभरपुल दोस्रो तथा १७ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू